१४ आश्विन २०८१, सोमबार | Tue Oct 1 2024

पेप्सीकोला दुर्घटनामा सशस्त्र प्रहरी जवान उषा थापासहित दुई जनाको मृत्यु

१७ भदाै, काठमाडाैँ । काठमाण्डौको पेप्सीकोलामा बिहान भएको दुर्घटनामा सशस्त्र प्रहरी जवान उषा थापासहित दुई जनाको मृत्यु  भएको छ । दुर्घटनामा १४ जना घाइते छन् ।  बिहान जडीबुटीबाट पेप्सीकोलातर्फ जाँदै गरेको बा ३ ख ४८४८ नम्बरको बसले बाग्मती प्रदेश–०२–०४१ प ४८३८ नम्बरको मोटरसाइकल तथा बाग्मती प्रदेश ०२–०३७ प ५३ ११ नम्बरको स्कुटर र बा ६ च ५३४२ नम्बरको जीपलाई ठक्कर दिएको थियो ।

प्रहरीका अनुसार बस तीव्र गतिमा थियो । अन्य गाडीलाई ठक्कर दिएपछि बस पनि पल्टिएको थियो । दुर्घटनामा स्कुटरको पछाडि बस्ने सशस्त्र प्रहरी जवान २५ वर्षकी उषा थापाको ज्यान गएको हो । त्यस्तै मोटरसाइकलका चालक सर्लाहीका अन्दाजी २१ वर्षका राज भट्टराईको पनि मृत्यु भएको रहेछ ।

प्रहरीकाअनुसार उनीहरुलाई उपचारका लागि सिभिल अस्पताल पुर्याएलगत्तै डाक्टरले मृत घोषणा गरेका थिए । घाइते १४ जनामध्ये सात जनाको पेप्सिकोलामा रहेको मदरल्यान्डमा उपचार भइरहेको छ भने अरुको सिभिल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइते मध्ये एक सशस्त्र प्रहरी जवान स्वास्थानी खड्कको सिभिल अस्पतालमा उपचार भइरहेको छ । थापा र खड्का दुबै सशस्त्र प्रहरी बल नं. २० बिपद् उद्दार उपत्यका गण सिनामंगलमा कार्यरत रहेका थिए ।

प्रकाशित मिति : १७ भाद्र २०८०, आईतवार १२:११