२५ बैशाख २०८१, मंगलवार | Tue May 7 2024

१४ कात्तिक, काठमाडौँ । फेस अफ मारवाडी किडस हुने भएको छ । सौन्दर्य प्रतियोगिता फेस अफ मारवाडी किडस २०१९ हुने भएको हो । फेस अफ मारिवाडी मिस, मिसेस एन्ड मिष्टर सफलता पूर्वक सम्पन्न गरेको पेजथ्री हट कल्चरले अब फेस अफ मारवाडी किडस गर्न लागेको संस्थाकी प्रमुख रेखा मोदी मित्रुकाले बताएकी छन् ।

उनका अनुसार मारवाडी समुदायका बाल बालिकाको व्यक्तित्व विकास गरि मारवाडी कला संस्कृतिलाई जगेर्ना गर्ने उद्देश्यले ‘फेस अफ मारवाडी किडस’ गर्न प्रतियोगिता आयोजना गर्न लागिएको हो । आगामी शनिवार यही कार्तिक १७ देखि कालिकास्थानको अमृतभोग फष्ट अडिसन हुन लागेको यो प्रतियोगितामा मारवाडी समुदायका बाल बालिकाले भाग लिन सक्नेछन् ।

 

नर्सरी, एलकेजी र युकेजीका ६ वर्षसम्मका बच्चाहरुको एउटा गु्रप, ६ वर्षदेखि माथिका कक्षा १, २ र ३का बच्चाहरुको एउटा ग्रुप, कक्षा ४, ५ अनि ६का बच्चाहरुको एउटा ग्रुप र ७, ८ र ९ कक्षाको एउटा गरी चार गु्रप बनाएर प्रतियोगिता गर्न लागिएको मोदीले बताइन । यो चार ग्रुपमा २०–२० जना सहभागी हुने छन् ।

त्यस्तै प्रतियोगिताको दोस्रो अडिसन कार्तिक २४ शनिवारमा मर्दस प्राइड स्कुल मण्टेश्वरीमा हुँदैछ । डिसेम्बर महिना लागेपछि ट्रेनिङ सुरु हुने यो प्रतियोगिताको ट्रेनिङ नक्सालमा रहेको गिगल्समा हुँने छ ।

सोनिया केडिया काउन्सिलर, पुनम बर्मा कोरियोग्राफ, युबलुम टिमको ब्यवस्थापन रहेको यो प्रतियोगिताको अन्तिम प्रतिस्प्रर्धा १२ जनवारी अर्थात पौष २८मा काठमाडौंमा हुँदैछ । प्रतियोगितामा शिर्ष सहित बिभिन्न आधा दर्जन बिधामा बिजेता छानिने आयोजकले जनाएको छ ।

प्रकाशित मिति : १४ कार्तिक २०७५, बुधबार २१:३३