८ आश्विन २०८१, मंगलवार | Tue Sep 24 2024

क्यान बागमतीको अध्यक्षमा पारस खड्काको प्यानल नै विजयी

१५ भदाै, काठमडाैँ । नेपाल क्रिकेट संघ (क्यान)को बागमती अध्यक्षमा पारस खड्का विजयी भएका छन् । खड्का राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान हुन । शुक्रबार भएको मतदानमा खड्काको प्यानल नै विजयी भएको हो । ३७ मत खसेकोमा खड्काले २३ मत प्राप्त गर्दै विजयी भए । उनको प्रतिद्धन्दी चितवनका उमेश पियाले १४ मात्र मत प्राप्त गरे  । उपाध्यक्षमा प्रेमबहादुर क्षेत्री २३ मतका साथ विजयी भए । उनको प्रतिद्धन्द्धी रुपक रञ्जितले १४ मत मात्र प्राप्त गरे ।

यस्तै सचिवमा विजयी भएका प्रशन्न शाक्यले २३ मत र कोषाध्यक्षमा विजयी सञ्जय बस्नेतले २३ मत प्राप्त गरे । महिला सदस्यामा निरा राजोपाध्याय निर्विरोध निर्वाचित भएकी छिन । सदस्यहरूमा सञ्जोग श्रेष्ठ, सुजन महर्जन, धीरज श्रेष्ठ, शेखर श्रेष्ठ, बसन्तराज सत्याल, अजयविर पाण्डे, अनिल अधिकारी विजयी भएका छन् ।

प्रकाशित मिति : १५ भाद्र २०८०, शुक्रबार १९:३८