२५ बैशाख २०८१, मंगलवार | Wed May 8 2024

किशोरीहरूले गर्व महशुस गर्ने  फिल्म हाे ‘मालिकाः नाइका थापा


 १४ कात्तिक, काठमाडौं । रेखा थापाको निर्माण तथा निर्देशनमा रहेको चलचित्र ‘मालिका’ कात्तिक १६ गते  आउँदो शुक्रबारबाट प्रदर्शनमा  अाउने भएकाे छ । वालविवाह तथा दाइजोप्रथा विरुद्धको कथावस्तु समेटिएको चलचित्र ‘मालिका’ प्रदर्शन मिति नजिकिँदै जाँदा रेखा भने व्यस्त देखिन्छिन् ।

रेखाका यसअघिका चलचित्रमा हिरो हुन्थे तर ‘मालिका’मा भने कुनै हिरो छैनन् । उनले जाजरकोटकी १५ वर्षीया कमला वलीलाई ʻनायकत्वʼको स्थान दिएकी छिन् । साथमा रेखाले पनि अभिनेत्रीको बागडोर सम्हालेकी छिन् । चलचित्रको कथा, परिकल्पना नरबहादुर कार्कीको हो ।

आजसम्म दर्शकले हेरेका चलचित्रहरू भन्दा ʻमालिकाʼ नितान्त फरक चलचित्र रहेकाे रेखाकाे दावि छ । ʻमालिकाʼ बालविवाह, बलात्कार तथा दाइजोप्रथा विरुद्धको अभियान रहेकाे पनि थापाले बताइन् । आजसम्मका  चलचित्रहरू प्रायः माया, प्रेम, मिलन, बिछोड, त्याग लगायतका विषयमा केन्द्रित थिए । चलचित्र ʻमालिकाʼ हेरिसकेपछि  आनन्दित मात्र नभै  हरेक दाजुभाई दिदीबहिनी, आमाहरू, किशोरीहरूलाई सहज गर्व महशुस हुने थापाले बताइन् ।

प्रकाशित मिति : १४ कार्तिक २०७५, बुधबार १९:५२