१४ आश्विन २०८१, सोमबार | Tue Oct 1 2024

सुन तस्करी प्रकरणमा कृष्णबहादुर महराका छोरा राहुल पक्राउ

१३ भदौ, काठमाडौं । भेपमा सुन लुकाएर तस्करी प्रकरणमा माओवादी केन्द्रका नेता कृष्णबहादुर महराका छोरा राहुल महरा पक्राउ परेका छन् । बुधबार दिउँसो उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले नियन्त्रणमा लिएको हाे ।

२०७९ पुस १० मा दुबईबाट विद्युतीय चुरोट ‘भेप’मा लुकाएर ल्याएको सुन छुटाउनका लागि राहुल र कृष्णबहादुरले पनि संवाद गरेको खुलेको थियो । सुन तस्करसँग महरा र छोरा राहुलले २५६ पटक संवाद गरेको प्रतिवेदन यसअघि नै सीआईबीले दिएको थियो । तर उनीहरु अनुसन्धानको दायरामा आएका थिएनन् । महरालाई पक्राउ नगरेको विषयमा सरकारको आलोचना भइरहेको थियो ।

प्रकाशित मिति : १३ भाद्र २०८०, बुधबार १६:२६