१४ आश्विन २०८१, सोमबार | Tue Oct 1 2024

६० किलो सुन प्रकरणमा थप एक जना पक्राउ

१३ भदौ, काठमाडौं । ६० किलो सुन तस्करी प्रकरणमा थप एक जना पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले  गणेश पौडेललाई पक्राउ गरेको हाे ।

प्रहरीको केन्द्रीय प्रवक्ता डिआइजी कुबेर कडायतका अनुसार पौडेल केही अगाडिसम्म विमानस्थल भन्सारमा कार्यरत थिए। उनी अधिकृतस्तरका कर्मचारी हुन्। पौडेलसँगै यो प्रकरणमा पक्राउ पर्नेको संख्या २४ पुगेको छ ।

प्रकाशित मिति : १३ भाद्र २०८०, बुधबार १५:३९