२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

युवाको हित गर्ने पार्टी एमाले मात्रै हाेः महासचिव पोखरेल

१३ भदाै, काठमाडाैं । नेकपा  (एमाले)का महासचिव शंकर पोखरेलले युवाको हित गर्ने पार्टी एमाले मात्रै रहेकाे बताएका छन् । मंगलबार एमाले मुख्यालयमा युवा विद्यार्थी विशेष जिल्ला कमिटीद्धारा आयोजित पार्टी प्रवेश कार्यक्रममा बाेल्दै महासचिव पोखरेलले यस्ताे बताएका हुन् ।

एमाले सरकारमा हुँदा युवाहरु विदेशिने क्रम कम भएकाे बताउँदै महासचिव पोखरेलले एमाले कमजोर हुँदा राष्ट्रियता नै कमजोर हुने हुँदा एमालेले नै देशकाे नेतृत्व गर्नु पर्ने जिकिर गरे । उनले भनेका छन्,‘ एमालेको सरकार हुँदा युवाहरु विदेशिने क्रम कम थियो । एमालेले केहि गर्छ भन्ने युवाहरुमा थियो । तर अहिले एमाले सरकारबाट हटेपछि युवा विदेशिने क्रम बढेको छ, युवाहरुमा चरम निराशा बढेको छ, यसको प्रमुख कारक गठबन्धन सरकार हो । ’

 उनले विशाल नेकपा फुटाउन पहिले प्रचण्ड लागेकाे र त्यसपछि विभिन्न शक्तिको प्रलोभनमा परेर माधव नेपालले एमाले फुटाएको आरोप समेत लगाएका छन् । साे कार्यक्रममा नेकपा एस ललितपुर जिल्ला कमिटी सदस्य दिनेश घिमिरे, विदिप सिलवाललगायत समाजवादी छोडेर पुनःएमालेमा फर्किएका छन् ।

प्रकाशित मिति : १३ भाद्र २०८०, बुधबार ११:०८