१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

मिथिला लघुवित्तको सेयर स्वामित्व परिमार्जन, कसको हिस्सा कति ?

१२ भदाै, काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्थाको संस्थापक र सर्वसाधारण समूहको सेयर स्वामित्व परिवर्तन भएको छ। संस्थाले सेयर स्वामित्व परिवर्तन गर्दै संस्थापक समूहको ५१ प्रतिशत र सर्वसाधारण समूहको ४९ प्रतिशत कायम गरेको छ।

 संस्थामा यसअघि संस्थापक समूहको  सेयर स्वामित्व ६० प्रतिशत र सर्वसाधारण समूहको सेयर स्वामित्व ४० प्रतिशत रहेको थियो। हाल नेप्सेमा मिथिला लघुवित्तको कुल १९ लाख ६० हजार २७.५६ कित्ता सेयर सूचीकृत छ। जसमा परिवर्तित सेयर संरचनाअनुसार अब संस्थापक समूहको ९ लाख ९९ हजार ६१४.०६ कित्ता र सर्वसाधारण समूहको ९ लाख ६० हजार ४१३.५ कित्ता कायम भएको छ। परिवर्तित सेयर संरचनाअनुसार दुवै समूहको सेयर सूचीकृत गरिएको नेप्सेले जनाएको छ।

प्रकाशित मिति : १२ भाद्र २०८०, मंगलवार ११:५२