१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

लगातार तेस्रो दिन सुनको मूल्य स्थिर, चाँदीको भने घट्याे

११ भदाै, काठमाडाैं । लगातार तेस्रो दिन सोमबार पनि सुनको भाउ स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख ११ हजार एक सय कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य स्थिर रहि प्रतितोला रु एक लाख १० हजार पाँच सय ५० कायम छ ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु पाँचले घटेर रु एक हजार चार सय ६० तोकिएको महासङ्घले जनाएको छ ।

प्रकाशित मिति : ११ भाद्र २०८०, सोमबार ११:४८