८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

एनएलजी इन्स्योरेन्सको हकप्रद सेयर बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल नियुक्त

११ भदाै, काठमाडाैं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासन लागि बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केटलाई नियुक्त गरेको छ।

आइतबार कम्पनी र क्यापिटलबीच बिक्री प्रबन्धक नियुक्तिसम्बन्धी सम्झौता भएको हो। सम्झौतापत्रमा एनएलजी इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनिल बल्लभ पन्त र क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजिव सापकोटाले हस्ताक्षर गरेका छन्।

एनएलजी इन्स्योरेन्सले हाल कायम चुक्ता पुँजी १ अर्ब ४५ करोड ९२ लाख ७५ हजार ७९०.५० रुपैयाँको १०ः६६ अनुपातमा हकप्रद सेयर निष्काशन गर्न लागेकाे छ । कम्पनीले १०० रुपैयाँ अंकित दरमा कुल ९६ लाख ३१ हजार २२०.२२ कित्ता हकप्रद सेयर निष्कासन गर्नेछ।

प्रकाशित मिति : ११ भाद्र २०८०, सोमबार ११:०१