१४ आश्विन २०८१, सोमबार | Tue Oct 1 2024

ललिता निवास प्रकरणमा चार पूर्वमन्त्रीसहित २९० जनाविरूद्ध मुद्दा दायर

१० भदाै, काठमाडाैं ।  बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा चार पूर्व मन्त्रीसहित २९० जनाविरूद्ध अदालतमा मुद्दा दायर भएको छ । जिल्ला सरकारी वकिलको कार्यालयले आइतबार जिल्ला अदालतमा मुद्दा दर्ता गरेको हो ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले २८६ जनाविरुद्ध किर्ते र संगठित अपराधमा मुद्दा चलाउन राय दिएको थियो । तर सरकारी वकिलले किर्तेमा मात्र मुद्दा चलाएको हो । ब्युरोले दुवै मुद्दा चलाउन राय दिएको थियो । तर संगठित अपराधमा प्रमाण नपुग्ने भन्दै सरकारी वकिल कार्यालयले किर्तेमा मात्र मुद्दा चलाउने निर्णय गरेको हो ।

मन्त्रीहरू पूर्वउपप्रधान तथा भौतिक योजना मन्त्री विजयकुमार गच्छदार, पूर्वभूमि सुधार मन्त्री डम्बर श्रेष्ठ, पूर्वभूमि सुधार मन्त्री चन्द्रदेव जोशी र पूर्वराज्यमन्त्री सञ्जयकुमार शाहलाई मुद्दा चलाइएएकाे हाे ।

प्रकाशित मिति : १० भाद्र २०८०, आईतवार १४:१३