३ पुष २०८२, बिहीबार | Fri Dec 19 2025

प्राइम कमर्सियल बैंकको सीइओमा सञ्जिव मानन्धर नियुक्त

८ भदाै, काठमाडौं । प्राइम कमर्सियल बैंककाे प्रमुख कार्यकारी अधिकृत (सीइओ)मा सञ्जिव मानन्धर नियुक्त भएका छन् । कम्पनीको भदौ ८ गते बसेको संचालक समितिको बैठकले उनलाई सीइओमा नियुक्त गरेको हो ।

मानन्धरले संचालक समितिका अध्यक्ष राजेन्द्रदास श्रेष्ठ समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरी सकेका छन् । मानन्धरसँग बैंकिङ क्षेत्रमा २३ वर्ष भन्दा लामो समय काम गरेकाे अनुभव छ । तत्कालीन नेपाल इन्भेष्टमेण्ट बैंकबाट बैंकिङ करियर शुरु गरेका चार्टर्ड एकाउण्टेण्ट मानन्धरले राष्ट्रिय वाणिज्य बैंकको विदेशी व्यवस्थापनसँग आवद्ध रहेर पनि काम गरेका थिए ।

प्रकाशित मिति : ८ भाद्र २०८०, शुक्रबार १७:२२