३ पुष २०८२, बिहीबार | Fri Dec 19 2025

माछापुच्छ्रे बैंकद्धारा प्राथमिक पास सुविधा

८ भदाै, काठमाडाैं । माछापुच्छ्रे बैंक लिमिटेडले प्राथमिक पास एयरपोर्ट लाउन्ज पास सुविधा ल्याएको छ । जस अन्तर्गत प्राथमिक एयरपोर्ट लाउन्ज पास धारकले विश्वको कुनै पनि एयरपोर्टबाट यात्रा गर्दा बिना झन्झट उक्त पासको प्रयोग गरि सरल र सहज तरिकाबाट प्राथमिक पास लाउन्ज प्रिमियम सुविधाको लाभ उठाउन सक्नेछन् ।

यो प्राथमिक पास सुविधा विश्वको सबैभन्दा ठूलो स्वतन्त्र एयरपोर्ट प्रिमियम लाउन्ज सुविधा हो । जस अन्तर्गत कोलिन्सन ग्रुप यु.के. ले व्यवस्थापन गरेको संसारभरका १४० भन्दा बढी देशका ६६० शहरहरुमा अवस्थीत १४ सय एयरपोर्टमा रहेका एयरपोर्ट लाउन्ज हरुमा प्रिमियम लाउन्जको सुविधा लिन सकिनेछ ।

प्राथमिक पास उडान गर्नु अघि, एयरपोर्ट लाउन्ज अनुसार सोफामा आराम गर्न र निशुल्क खाना तथा खाजाको आनन्द लिन वा नि:शुल्क वाइभाई प्रयोग गर्न लगायत अन्य अतिरिक्त सुविधाहरु सहित लाउन्जको अनुभव प्रदान गरिनेछ ।

प्रकाशित मिति : ८ भाद्र २०८०, शुक्रबार १६:२४