२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

एमाले अध्यक्ष ओलीसँग अमेरिकन राजदूतको भेट

५ भदौ, भक्तपुर । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग अमेरिकी राजदूत डिन आर. थम्पसनले भेटवार्ता भएको छ । ओली सचिवालयका अनुसार एमाले अध्यक्ष ओली र राजदूत थम्पसबीच आज बालकोटस्थित ओली निवासमा भएको भेटमा देशको समसामयिक विषय र विकासका बारेमा कुराकानी भएको बताइएको छ ।

एमालेका विदेश विभाग प्रमुख राजन भट्टराईको समेत सहभागिता रहेको भेटमा नेपाल र अमेरिकाबीचकोे सम्बन्धको बारेमा पनि छलफल भएको ओलीको सचिवालयले जानकारी दिएको छ ।

प्रकाशित मिति : ५ भाद्र २०८०, मंगलवार १८:३४