६ आश्विन २०८१, आईतवार | Sun Sep 22 2024

बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ काराेबार ?

५ भदाै, काठमाडाैं । साताकाे तेस्राे काराेबारकाे दिन मंगलबार नेपाली बजारमा सुनको मूल्य बढेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेर छापावाल सुन प्रतितोला १ लाख १० हजार ५०० रुपैयाँ र तेजाबी सुन १ लाख ९ हजार ९५० रुपैयाँ कायम भएको छ।

अघिल्लाे काराेबारकाे दिन साेमबार सुनको मूल्य स्थिर रहँदै छापावाल सुन प्रतितोला १ लाख १० हजार ३०० रुपैयाँ र तेजाबी सुन १ लाख ९ हजार ७५० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँले बढेर १ हजार ४१५ रुपैयाँ कायम भएको छ। साेमबार चाँदीको मूल्य स्थिर रहँदै चाँदी तोलाको १ हजार ३९० रुपैयाँमा किनबेच भएको थियो।

प्रकाशित मिति : ५ भाद्र २०८०, मंगलवार १०:५६