१४ आश्विन २०८१, सोमबार | Tue Oct 1 2024

सशस्त्र प्रहरीका कारण जोगिए बोरामा हालेर भारत लान लागिएका दुई बालबालिका

४ भदाै, काठमाडाैँ । सशस्त्र प्रहरी बल नेपालको टोलीले भारतमा बेच्न लागि लान खोजिएका दुई बालबालिका जोगाएको छ । बारा जिल्लाको देवताल गाउँपालिका ३ अमुवाबाट सशस्त्र प्रहरीको टोलीले उक्त बालबालिका बचाएको सशस्त्र प्रहरीका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

थापाका अनुसार बोरा राखेर बालबालिका भारत लैजानेक्रममा एक जना भारतीय नागरिक पनि पक्राउ परेका छन । पक्राउ पर्नेमा भारतको पूर्वीचम्पारण मुर्तिया ग्रामपन्चायत ४ आधारपुर घर भएका २२ बर्षिय ताबरेज आलम रहेका छन ।

बारा जिल्लाको देवताल गाउँपालिका ३ ३ नन्की अमुवा बस्ने शिवपुजन महत्तोको ९ महिनाकी छोरी लक्ष्मी महत्तो र प्रेमचन्द महत्तोको २ बर्षिय छोरा सत्यमकुमार महत्तोलाई सशस्त्रले अभिभावकको जिम्मा लगाएको छ । सीमावर्ती ईलाकामा गस्तीमा खटिएको सशस्त्र प्रहरीले शंका लागि आलमले बोकेको बोरा जाँच गर्दा दुईवटा बच्चा फेला परेपछि उनलाई नियन्त्रणमा लिएर थप कारबाहीका लागि स्थानीय प्रहरीमा बुझाएको छ ।

प्रकाशित मिति : ४ भाद्र २०८०, सोमबार १०:२८