८ आश्विन २०८१, मंगलवार | Tue Sep 24 2024

महिला विश्वकप फुटबलको उपाधि स्पेनले जित्यो

३ भदाै, काठमाडाैं । महिला विश्वकप फुटबलको उपाधि इंग्ल्याण्डलाई १-० गोल अन्तरले पराजित गर्दै स्पेनले जितेको छ । अस्ट्रेलियाको सिड्नीमा आइतबार भएको फाइनल खेलमा स्पेनकी कभेन्टी ओलिभले २९ औं मिनेटमा गरेको गोल नै निर्णायक सावित भयो ।

खेलको दोस्रो हाफमा बेलायतकी गोलकिपरले स्पेनको पेनाल्टी बचाइएकी थिइन् । स्पेन र इंग्ल्यान्ड दुवै पहिलो पटक महिला विश्वकपको फाइनलमा पुगेका हुन् । प्रतियोगितामा ३२ वटा टिमको सहभागी थिए ।

स्वीडेनलाई पराजित गर्दै स्पेन र आयोजक अस्ट्रेलियालाई पराजित गर्दै इंग्ल्यान्ड फाइनलमा प्रवेश गरेको थियो । शनिबार तेस्रो स्थानमा लागि भएको खेलमा स्वीडेन विजयी भएको थियो ।

प्रकाशित मिति : ३ भाद्र २०८०, आईतवार १८:०१