६ आश्विन २०८१, आईतवार | Sun Sep 22 2024

निरन्तर घट्दै सुनकाे मूल्य, कतिमा हुँदैछ काराेबार ?

३ भदाै, काठमाडाैं । नेपाली बजारमा सुनकाे मूल्य निरन्तर घट्दै गएकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १०० रुपैयाँले घटेर छापावाल सुन प्रतितोला १ लाख १० हजार ३०० रुपैयाँ र तेजाबी सुन १ लाख ९ हजार ७५० रुपैयाँ कायम भएको छ।

गत शुक्रबार सुनको मूल्य स्थिर रहँदै छापावाल सुन प्रतितोला १ लाख १० हजार ४०० रुपैयाँ र तेजाबी सुन १ लाख ९ हजार ८५० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य स्थिर रहँदै तोलाको १ हजार ३९० रुपैयाँ कायम भएको छ। गत शुक्रबार चाँदीको मूल्य भने २० रुपैयाँले बढेर १ हजार ३९० रुपैयाँमा किनबेच भएको थियो।

प्रकाशित मिति : ३ भाद्र २०८०, आईतवार ११:०१