नेप्सेमा थप दुई कम्पनीको बोनस सेयर सूचिकृत, कुनको कति ?
१ भदाै, काठमाडाैं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा थप दुई कम्पनीको बोनस सेयर सूचिकृत भएको छ । नेप्सेमा प्रभु लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेड र सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस सेयर सूचिकृत भएको हो ।
१) प्रभु लाइफ इन्स्याेरेन्स
नेप्सेमा कम्पनीकाे ९.८ प्रतिशत बोनस बापतको १९ लाख ६० हजार कित्ता सेयर सूचिकृत भएको हो ।
२) सामुदायिक लघुवित्त वित्तीय संस्था
नेप्सेमा कम्पनीकाे १० प्रतिशत बोनस बापतको १ लाख ३२ हजार कित्ता सेयर सूचिकृत भएको हो । सूचीकृतपश्चात् यी दुवै कम्पनीको सेयर सम्बन्धीत सेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि धितोपत्र दोस्रो बजारमा कारोबार गर्न सकिनेछ ।
प्रकाशित मिति : १ भाद्र २०८०, शुक्रबार ०९:२४












