शरद गाैचनको हत्यापछि पत्रकारलार्इ फोन गरेर जिम्मेवारी लिने लोप्साङ लामासहित तीन पक्राउ
१२ कात्तिक, काठमाडाैँ । नेपाल निर्माण ब्यवसायी महासंघका तात्कालीन अध्यक्ष शरद गौचनको हत्यामा संलग्न थप तीन अभियुक्त पक्राउ परेका छन । महानगरीय अपराध महाशाखाको बिशेष टोलीले व्यवसायी गौचन हत्याकाण्डका थप तीन अभियुक्तलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा गाैचनको हत्यापछि पत्रकारलार्इ फोन गरेर हत्याको जिम्मेवारी लिने लोप्साङ लामा पनि रहेका छन ।

पक्राउ पर्नेमा मुख्य अभियुक्त रोशन बुढाथोकी, अम्बरबहादुर रानामगर र लोप्साङ लामा रहेका छन । उनीहरुलाई झापाबाट सोमबार पक्राउ गरिएको प्रहरीले जनाएको छ । महाशाखाका अनुसार एसपी सोमेन्द्रसिंह राठौरको विशेष टोलीले उनीहरुलाई झापाबाट पक्राउ गरेर काठमाडौं ल्याएको हो । अभियुक्तहरुलाई प्रहरीले पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिएको छ ।
प्रकाशित मिति : १२ कार्तिक २०७५, सोमबार १५:३३












