६ आश्विन २०८१, आईतवार | Sun Sep 22 2024

बिहीबार पनि घट्याे सुनकाे मूल्य, कतिमा हुँदैछ काराेबार ?

३२ साउन, काठमाडाैं । साउन महिनाकाे अन्तिम काराेबारकाे दिन बिहीबार पनि नेपाली बजारमा सुनको मूल्य ओरालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ८०० रुपैयाँले घटेर छापावाल सुन प्रतितोला १ लाख १० हजार ४०० रुपैयाँ र तेजाबी सुन १ लाख ९ हजार ८५० रुपैयाँ कायम भएको छ।

अघिल्लाे काराेबारकाे दिन बुधबार पनि सुनको मूल्य तोलामा १०० रुपैयाँले घटेर छापावाल सुन प्रतितोला १ लाख ११ हजार २०० रुपैयाँ र तेजाबी सुन १ लाख १० हजार ६५० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेर १ हजार ३७० रुपैयाँ कायम भएको छ। बुधबार पनि चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेर १ हजार ३७५ रुपैयाँमा किनबेच भएको थियो।

प्रकाशित मिति : ३२ श्रावण २०८०, बिहीबार ११:१७