१४ आश्विन २०८१, सोमबार | Tue Oct 1 2024

सुन प्रकरणमा थप चार चिनियाँ नागरिक पक्राउ

३१ साउन, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिरबाट बरामद भएको सुन प्रकरणमा थप चार जना पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले सुन प्रकरणमा चार जना चिनियाँ नागरिकलाई पक्राउ गरेको हाे ।

केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी कुवेर कठायतका अनुसार, पक्राउ पर्नेमा टियान मी, वेन टोंग, डिंग सेग्फा र ली नेंगकिया छन्।उनीहरूलाई म्याद थपका लागि बुधबार काठमाडौं जिल्ला अदालतमा लगिएको कठायतले बताए । योसँगै यस प्रकरणमा पक्राउ पर्नेको संख्या २१ पुगेको छ।

प्रकाशित मिति : ३१ श्रावण २०८०, बुधबार १६:५६