नेप्सेमा एक कम्पनीको मूल्य समायोजन, कतिमा खुल्छ काराेबार ?
३१ साउन, काठमाडौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा लक्ष्मी उन्नती कोषको मूल्य समायोजन भएको छ । नेप्सेले कम्पनीको ९.५ प्रतिशत नगद लाभांश पछि ८ रुपैयाँ ३० पैसामा मूल्य समायोजन गरेको हो ।
नेप्सेले बुधबारको अन्तिम कारोबार मूल्य ९ रुपैँया २५ पैसाका आधारमा मूल्य समायोजन गरेको छ । सोही मूल्यको आधारमा नै भोली बिहीबार सेयरबजारमा कारोबार खुल्नेछ ।
प्रकाशित मिति : ३१ श्रावण २०८०, बुधबार १६:१२












