हिमालयन डिस्टीलरीसहित यी कम्पनीमा झुम्मिए लगानीकर्ता
३१ साउन, काठमाडाैं । साताकाे चाैंथाे काराेबारकाे दिन बुधबार पनि सेयर बजारमा दाेहाेराे अंककाे गिरावट आएकाे छ । आज २०.३१ अकंले घटेर २०२५.१२ बिन्दुमा बन्द भएको छ । आज बजार २६९ कम्पनीको ४८ लाख ३८ हजार १०६ कित्ता सेयर किनबेच हुदाँ १ अर्ब ६७ करोड ९९ लाख ८० हजार रुपैयाँ रहेको छ ।
आज सेयर बजारमा गिरावट आउँदा हिमालयन डिस्टीलरीको सर्वाधिक कारोबार भएको छ । यस दिन कम्पनीको ८ करोड ३९ लाख ९२ हजार रुपैया बराबरको कारोबार भएको छ । त्यस्तै, शिवम् सिमेन्ट्सको ७ करोड १ लाख ५७ हजार रुपैयाँ,आइएमई लाइफ इन्स्योरेन्सको ५ करोड ९५ लाख १२ हजार रुपैयाँ, सोल्टी होटलको ५ करोड ९२ लाख २७ हजार रुपैयाँ र घोराही सिमेन्ट इन्डस्ट्रीको ४ करोड ९० लाख ४ हजार रुपैयाँको कारोबार भएको हो ।

प्रकाशित मिति : ३१ श्रावण २०८०, बुधबार १५:१८












