३० चैत्र २०८२, सोमबार | Mon Apr 13 2026

लक्ष्मी उन्नति कोष र लक्ष्मी इक्विटी फण्डको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

३१ साउन, काठमाडाैं । लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत सञ्चालित लक्ष्मी उन्नति कोष र लक्ष्मी इक्विटी फण्डको लाभांश सुरक्षित गर्ने आज (साउन ३१ गते, बुधबार) अन्तिम दिन रहेकाे छ ।

दुवै फण्डले लाभांश वितरण प्रयोजनार्थ भोलि साउन ३२ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ आज साउन ३१ गतेसम्म कायम इकाइधनीहरुले यी दुवै योजनाको लाभांश पाउनेछन्।

आर्थिक वर्ष २०७९/८० का लागि लक्ष्मी उन्नति कोषका इकाइधनीहरुलाई ९.५ प्रतिशत नगद लाभांश (करसहित) र लक्ष्मी इक्विटी फण्डका इकाइधनीहरुलाई ८ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने घोषणा गरिएको छ । दुवै फण्डकाे योजना व्यवस्थापकमा लक्ष्मी क्यापिटल मार्केट रहेकाे छ ।

प्रकाशित मिति : 13:15