४ पुष २०८२, शुक्रबार | Fri Dec 19 2025

ग्लोबल आईएमई बैंकका ग्राहकलाई मेट्रो मार्टमा १५ प्रतिशत छुट

३० साउन, काठमाडाैं । ग्लोबल आईएमई बैंक लिमिटेडका ग्राहकहरूले मेट्रो मार्टमा सामान किन्दा १५ प्रतिशतसम्म छुट पाउने भएका छन् ।

काठमाडौं उपत्यका भित्रका स्टोरहरूबाट सामान खरिद गर्दा स्मार्ट क्यूआरमार्फत पेमेन्ट गरेमा १५ प्रतिशतसम्म छुट उपलब्ध गराइने बैंकले जनाएको छ ।

यो योजनाअन्तर्गत ग्लोबल आइएमई बैंकको मोबाइल एप ‘ग्लोबल स्मार्ट प्लस’ बाट स्मार्ट क्यूआर स्क्यान गरी भुक्तानी गर्दा मात्रै छुट पाइनेछ । यो योजनामा एक पटकको खरिदको रु. २०० सम्म र योजना अवधिभर रु. ५०० सम्म छुट पाइनेछ ।

यो योजना सीमित अवधिका लागि काठमाडौं उपत्यकाभित्रका मेट्रो मार्टको जोरपाटी, सानेपा र पेप्सीकोलास्थित स्टोरहरूमा लागु हुने बैंकले जनाएको छ ।​

बैंकले आफ्ना ग्राहकको सुविधालाई मध्यनजर गरी समय–समयमा यस्ता योजनाहरू ल्याएर ग्राहकहरूलाई प्रत्यक्ष रुपमा लाभान्वित गर्दै आएको छ । ग्लोबल आईएमई बैंक मुलुकका ७७ जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो ।

बैंकले ३५९ शाखा कार्यालय, ३६७ एटीएम, ३२२ शाखारहित बैंकिङब सेवा, ६४ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी १ हजार १ सयभन्दा बढी सेवा केन्द्रबाट ४० लाखभन्दा बढी ग्राहकहरू माझ सेवा प्रदान गरिरहेको छ ।

प्रकाशित मिति : ३० श्रावण २०८०, मंगलवार १२:३५