२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

एमालेले सबै प्रदेशकाे अधिवेशन मिति टुंग्यायाे, कहाँ कहिले ?

२९ साउन, काठमाडौं । नेकपा एमालेले प्रदेश अधिवेशनको मिति टुंग्याएको छ। पार्टी कार्यालय ललितपुरकाे च्यासलमा बसेको सचिवालय बैठकले प्रदेश अधिवेशन भदौ र असोजमा गर्ने निर्णय गरेको सचिव योगेश भट्टराईले जानकारी दए ।

उनका अनुसार भदौ १६ र १७ लुम्बिनी, असोज ५ र ६ मधेश, असोज ८ र ९ बागमती, असोज १० र ११ कर्णाली, असोज १२ र १३ कोशी, असोज १५ र १६ गण्डकी, असोज १९ र २० उपत्यका विशेष र असोज २१ र २२ सुदुरपश्चिम प्रदेशको अविधेशन गर्न लागेको हो ।

एमालेले पार्टी सदस्यता नवीकरणको काम साउन १५ गतेसम्म अद्यावधिक गरी प्रमाणीकरण गरेको थियो।

प्रकाशित मिति : २९ श्रावण २०८०, सोमबार १४:१३