कारोबारमा आएको पहिलो दिनमै घोराही सिमेन्टको सेयरमा नकरात्मक सर्किट
२८ साउन, काठमाडाैं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा दाेहाेराे अंककाे सुधार आएकाे छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १४.८१ अंकले बढेर दुई हजार ८० दशमलब ८६ विन्दुमा बन्द भएको छ । आज तीन अर्ब एक करोड ८४ लाख बराबरको कारोबार भएको छ ।
सेयर बजारमा सुधार आउँदा पनि घोराही सिमेन्टको सेयरमा नरकारात्मक सर्किट लागेको छ । कम्पनीकाे सेयरमा दोस्रो बजारमा कारोबार भएको दिन नै सर्वाधिक गिरावट आएको हाे । यस दिन कम्पनीको सेयर मूल्य ९.९९ प्रतिशतले घटेको हो ।
त्यसैगरी, अभियान लघुवित्तको ७.१८ प्रतिशत, सिंगटी हाइड्रो इनर्जीको ६.५५ प्रतिशत, मकर जितुमाया सुरी हाइड्रोपावरको ६.५३ प्रतिशतले सेयर मूल्य घटेको छ ।

प्रकाशित मिति : २८ श्रावण २०८०, आईतवार १५:३४












