नेपाल लाइफमा झुम्मिए लगानीकर्ता, अन्य कुनको कति भयो कारोबार ?
२८ साउन, काठमाडाैं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा दाेहाेराे अंककाे सुधार आएकाे छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १४.८१ अंकले बढेर दुई हजार ८० दशमलब ८६ विन्दुमा बन्द भएको छ । आज तीन अर्ब एक करोड ८४ लाख बराबरको कारोबार भएको छ ।
आज सेयर बजारमा सुधार आउँदा नेपाल इन्स्योरेन्सको प्रमोटर सेयरको सर्वाधिक काराेबार भएको छ । यस दिन कम्पनीको ५८ करोड ४५ लाख ६१ हजार रुपैया बराबरको कारोबार भएको छ । त्यस्तै, घोराही सिमेन्ट्स इन्ड्रस्ट्रीको २३ करोड १५ लाख ६८ हजार रुपैयाँ ,सोल्टी होटलको १५ करोड ५२ लाख ९९ हजार रुपैयाँ, माउन्टेन इनर्जी नेपालको ११ करोड ७३ लाख २० हजार रुपैयाँ र आइएमई लाइफ इन्स्योरेन्सको १० करोड ६१ लाख ९५ हजार रुपैयाँको कारोबार भएको हो ।

प्रकाशित मिति : २८ श्रावण २०८०, आईतवार १५:२२












