१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

४७.८१ प्रतिशतले घट्याे स्वाभिमान लघुवित्तको नाफा, प्रतिसेयर आम्दानी कति ?

२८ साउन, काठमाडाैं । स्वाभिमान लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७९/८०को चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ। लघुवित्तले सार्वजनिक गरेको विवरण अनुसार समीक्षा अवधिसम्म कम्पनीले २ करोड १६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो नाफा अघिल्लो वर्षको यही अवधिको तुलनामा ४७.८१ प्रतिशतले कम हो। अघिल्लो वर्षकाे यही अवधिमा कम्पनीले ४ करोड ३ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।

याे अवधिमा कम्पनीकाे सञ्चालन मुनाफा पनि ३०.३४ प्रतिशतले घटेर ३ करोड ३७ लाख रुपैयाँ कायम छ । कम्पनीकाे  खुद ब्याज आम्दानी २६.१६ प्रतिशतले घटेर ९ करोड ६५ लाख रुपैयाँ पुगेकाे छ ।

चुक्तापुँजी १४ करोड ६१ लाख रुपैयाँ रहेको संस्थाले १ अर्ब ४९२ करोड रुपैयाँ सापटी लिई २ अर्ब ५ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ। कम्पनीकाे प्रतिसेयर आम्दानी (ईपीएस) १४ रुपैयाँ ८९ पैसा रहेकाे छ भने पीई रेसियो ७७.९९ गुणा र प्रतिसेयर नेटवर्थ १५९ रुपैयाँ ८९ पैसा रहेको छ।

प्रकाशित मिति : २८ श्रावण २०८०, आईतवार १२:११