१४ आश्विन २०८१, सोमबार | Tue Oct 1 2024

नेपालमा ‘लोकोमो’ सुरू, अब महिलाका लागि रात्रीकालीन यात्रा सुरक्षित

२६ साउन, काठमाडाैँ । घर, अफिस, तथा सुरक्षित पार्किंङ बाटै पनि नेपालमा दैनिक ५ वटा सम्म दुई–पांग्रे सवारीसाधन हराउने र चोरी हुनेगर्छ। चोरी तथासडक सुरक्षा, राजमार्ग यात्रा, महिला सुरक्षा लगायतका समस्याहरु प्रविधिको प्रयोगले समाधान गर्न अब भने केहि सहज हुने देखिएको छ ।

अमेरिका र नेपालमा गरिएको दुई वर्ष लामो प्राविधिक अन्वेषण, अमेरिकाको नियामक निकाय एफसीसी. र नेपालकै सञ्चार मन्त्रालयको स्वीकृतिपछि मोटरसाइकल चोरी रोक्ने र व्यक्तिगत तथा सामाजिक सुरक्षामा सहयोग पुया¥उने उद्देश्यसहित जी.पी.एस. प्रविधिमा आधारित ’लोकोमो’ नेपालको बजारमा औपचारिक रूपमा प्रवेश भएको छ । लोकोमोले नेपालमा मोटरसाइकल तथा स्कुटर चोरी निर्मूल, महिला सुरक्षा र सार्वजनिक सड़क सुरक्षामा महत्वपूर्ण भूमिका खेल्ने छ ।

लोकोमो कार्य बिभाग प्रमुख अनिता देवकोटाका अनुसार कुनै सार्वजनिक स्थानमा सवारी छोडेर जान परे लोकोमो मोबाइल एप बाट ’स्मार्ट लक’ गर्नुहोस, चोरी गर्न कसैले तार काटे पनि मोटरसाइकल स्टार्ट हुँदैन । कुनै अनधिकृत व्यक्तिले लगि हाले पनि मोबाइल फोनबाटै आफ्नो मोटरसाइकल बन्द गर्ने, अनि मोबाइलमा हेरेरै आफ्नो सवारीसाधन को लोकेशन पत्ता लगाउन सकिनेछ ।

तर त्यति हुनु अगाडि नै लोकोमोले मोबाइलमा सूचना पठाई सकेको हुन्छ । बिशेषतः रोकेर राखेको मोटरसाइकल कुनै अनधिकृत व्यक्तिले चलाउन खोजेमा, तार काटेमा, अथवा चोरी गर्ने प्रयास गरेमा यसमा रहेको सेन्सर सक्रिय भएर सवारीधनीलाई सुचना पठाउँछ ।

यो प्रविधिको वावजुद चोरी भएको भन्ने यकिन भएमा सवारीधनीले नेपाल प्रहरीलाई मोबाइलबाटै मोटरसाइकलको लाइभ लोकेशन जानकारी गराउन सक्नेछन् । नेपाल प्रहरीको प्रधान कार्यालय र उपत्यका ट्राफिक प्रहरी कार्यालयमा जडित सफ्टवेयरबाट मोटरसाइकल तुरुन्तै ट्रयाक गरी कुन रूटमा, कति गतिमा गुडीरहेको छ हेर्दै प्रहरीलाई परिचालन हुन सहज हुने नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता कुबेर कडायतले बताएका छन ।

मोटरसाइकल धनि आफैले चोरी भएको खण्डमा आफ्नो सवारीको लोकेसन प्रहरीलाई नदिंदासम्म नेपाल प्रहरीले कुनै पनि मोटरसाइकल तथा स्कुटरको लोकेसन हेर्न भने नसक्ने प्रविधि लागु गरिएको पनि लोकोमोका प्रविधि प्रमुख बिक्रममान सिंह बस्नेतले बताए । महिला स्कूटर चालकको रात्रीकालिन सुरक्षा लक्षित यसको अर्को बिशेषता ’सेफ्टी नेट’ रहेको छ, जसले रातीको समय यात्रा गर्ने महिला वा पुरुषले आफ्नो रुट र लाइभ लोकेशन निश्चित समयकालागि परिवारका सदस्यलाई पठाउन सकिने व्यवस्था एपमा गरिएको छ ।

एन.आइ.सी एशिया बैंककी अधिकृत स्कूटर चालक नविना शर्मा लोकोमोले धेरै सजिलो गराएको अनुभव सुनाउछिन । राती घर फर्किंदा अब ढुक्क छ । स्कूटर चलाउंदा फोन गर्न मिलेन, अफिस बाट निस्किने बेला मोबाइलमा सेफ्टीनेटको बटन दियो, बुवा आमा स्कुटरको लोकेशन हेर्दै छोरी कहाँ आइपुगी भन्दै कुरेर बस्नुहुन्छ, घर अगाडि पुग्दा ठ्याक्कै ढोका खोल्न आइ पुग्नुहुन्छ शर्मा बताउछिन ।

नेपाल प्रहरीका अनुसार तेज गती, लेन अनुशासन, ट्राफिक नियमको उल्लंघन बढी मात्रामा दुइ–पांग्रे सवारी साधनका चालकबाट हुने गर्छ र तिनका परिवारका सदस्यलाई आफ्नो छोरा–छोरी, भाई–बहिनीको सुरक्षा बारे संधै एउटा त्रास रहि रहन्छ । ’धेरै स्पीड नगर’ भन्ने बाहेक अरु उपाय पनि छैन । ट्राफिक कारबाहीका अतिरिक्त त्यस किसिमका गतिविधिहरू नियन्त्रण गर्न परिवारले पनि आफ्नो भूमिका निर्वाह गर्नुपर्ने हुन्छ । अब भने यो प्रविधिले अभिभावकलाई आफ्ना परिवारका सदस्यको दिनभरीको गति, गन्तव्य, रुट हेर्न सहज हुनेछ र त्यस्ता गतिविधि केही हदसम्म नियन्त्रण गर्न पनि यो प्रविधि सहयोगी हुने कम्पनीले दावी गरेको छ ।

रात्रीकालीन अथवा राजमार्ग यात्रा गर्दा मोटर साइकल अथवा स्कूटर बिग्रिएको अवस्थामा आफ्नो सबै भन्दा नजिकको वर्कशपबाट प्राविधिक बोलाउन सकिने सुविधाले गर्दा लोकोमोमा दुईपांग्रे सवारी साधनधनिहरु अझै आकर्षित हुने साइन अटो होमका संचालक विश्व श्रेष्ठ बताउछन् ।

साथै समूह बनाएर मोटरसाइकलमा लामो यात्रामा निक्लिने युवा वर्ग लक्षित अर्को फिचर राइड क्रु’ ले गर्दा “अब घुम्न निस्किंदा बाटो मा को कहाँ पुग्यो भन्दै फर्की फर्की पछाडी हेर्ने नपर्ने“ श्रेष्ठ बताउँछन् । “लोकोमो मोबाइल एपमा समूह बनाए पछि निश्चित समयको लागि सबैको लोकेशन मोबाइलमै हेर्न मिल्ने र चिया नास्ता खाने, रोक्ने बस्ने ठाँउको चयन र व्यवस्थापन गर्न निकै सहज हुने श्रेष्ठ बताउछन ।

५ अन्तरास्ट्रिय गुणस्तर प्रमाण चिन्ह प्राप्त लोकोमो नयाँ पुराना जुनसुकै मोटर साइकल, स्कूटरर चार पांग्रे सवारीमा जडान गर्न सकिने यसको प्रर्वधक कम्पनी सेन्टिनेल ल्यावले जनाएको छ । बालाजु स्थित साइन अटो होमले लोकोमो देशव्यापी बजार व्यवस्थापनको जिम्मा पाएको छ ।

प्रकाशित मिति : २६ श्रावण २०८०, शुक्रबार १९:३०