२३ आश्विन २०८१, बुधबार | Thu Oct 10 2024

यू–१५ साफ च्याम्पियनसिप फुटबलः नेपालले अाज बंगलादेशको सामाना गर्दै

१२ कात्तिक, काठमाडाैँ । जारी यू–१५ साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताअन्तर्गत नेपाली टोलीले अाज बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ । सेमिफाइनलमा स्थान बनाइसकेका बंगलादेश र नेपालबीचको खेलले समूह विजेताको तय हुनेछ । खेल ललितपुरको सातदोबाटो स्थित एन्फा मैदानमा दिउँसाे साढे २ बजे हुनेछ ।

शनिबार भएको खेलमा बंगलादेशले माल्दिभ्सलाई ९–० ले पराजित गरेको थियो । नेपालले आफ्नो पहिलो खेलमा माल्दिभ्सलाई नै ४–० ले हराएको थियो ।

प्रकाशित मिति : १२ कार्तिक २०७५, सोमबार ०९:२३