६ आश्विन २०८१, आईतवार | Sun Sep 22 2024

निरन्तर घट्दै सुनकाे मूल्य, कति पुग्याे ताेलाकाे ?

२६ साउन, काठमाडाैं । साताको अन्तिम कारोबार दिन शुक्रबार पनि सुनको मूल्य घटेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेर छापावाल सुन प्रतितोला १ लाख ११ हजार १०० रुपैयाँ र तेजाबी सुन १ लाख १० हजार ५५० रुपैयाँ कायम भएको छ।

अघिल्लाे काराेबारकाे दिन बिहीबार पनि सुनको मूल्य तोलामा ७०० रुपैयाँले घटेर छापावाल सुन प्रतितोला १ लाख ११ हजार ३०० रुपैयाँ र तेजाबी सुन १ लाख १० हजार ७५० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले घटेर १ हजार ३८० रुपैयाँ कायम भएको छ। बिहीबार चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर १ हजार ३८० रुपैयाँमा किनबेच भएको थियो।

प्रकाशित मिति : २६ श्रावण २०८०, शुक्रबार १०:५३