२९ चैत्र २०८२, आइतबार | Mon Apr 13 2026

पोखराबाट २८ तोला सुनसहित एक महिला पक्राउ

२५ साउन, काठमाडाैं । कास्कीमा प्रहरीले २८ तोला सुनसहित एक महिलालाई पक्राउ गरेको छ । प्रहरीले आज बिहान एक महिलाले भित्री वस्त्र भित्र लुकाएको २८० ग्राम २९ मिलिग्रामको सुनको बिस्कुट र औंठी बरामद गरेको हाे।

प्रहरीका अनुसार काठमाडौंबाट पोखरा आएको ग १ ख ९९४४ नम्बरको बसमा यात्रारत काठमाडौं जोरपाटी बस्ने ४५ वर्षीया कल्पना गुरुङबाट सो सुन बरामद गरेको हो।

प्रहरीका अनुसार महिलाले प्रारम्भिक बयानका क्रममा काठमाडौंको एक व्यक्तिले निश्चित रकम दिएर सुन पोखरा लैजान भनेको र सोहीअनुसार आफू सुन बोकेर पोखरा आएको बताएकी छन्।

प्रकाशित मिति : 13:43