२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

देउवाले बोलाए कांग्रेस संसदीय दलको समितिको बैठक

२५ साउन, काठमाडौं । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले संसदीय दलको समितिको बैठक बोलाएका छन् । आज दिउँसाे ४ बजे देउवा निवासमा  बस्नेगरी बैठक बाेलाइएकाे हाे । बैठकमा संसदमा जारी रहेको गतिरोध लगायतका विषयमा छलफल हुने बताइएकाे छ ।

कांग्रेस संसदीय दलको समितिमा दलका नेता देउवासहित, दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा, प्रमुख सचेतक रमेश लेखक र सचेतकमा सुशीला थिङ छन् ।

देउवाले बैठकमा उपसभापतिहरु पूर्णबहादुर खड्का र धनराज गुरुङलाई पनि बोलाउने गरेका छन् । सुन तस्करीका बारेमा छानबिन गर्न उच्च स्तरीय समिति गठनको माग गर्दै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले संसद चल्न दिएको छैन ।

प्रकाशित मिति : २५ श्रावण २०८०, बिहीबार १२:५९