१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

उपचारका लागि त्रिशुली अस्पताल हिडेँकी धादिङकी सरस्वती रिमाल मृत फेला

२४ साउन, नुवाकोट । उपचारका लागि त्रिशुली अस्पताल हिडेँकी धादिङकी सरस्वती रिमाल मृत फेला परेकी छिन । धादिङ जिल्ला नीलकण्ठ नगरपालिका-१४ की अन्दाजी ४२ वर्षीया सरस्वती रिमाल घरबाट त्रिशुली अस्पताल जान भनि हिँडेकोमा तारकेश्वर गाउँपालिकाको दर्शनटारमा मृत भेटिएकी हुन ।

प्रहरीका अनुसार तारकेश्वर गाउँपालिका-४ स्थित दर्शनटारमा महिलाको शव देखेपछि बुधबार पौने पाँच बजेतिर स्थानीयले जानकारी दिएका थिए । जिल्ला प्रहरी कार्यालय नुवाकोटका सूचना अधिकारी डिएसपी खगेन्द्रबहादुर खड्काले महिला घरबाट एक्लै उपचारका लागि भनेर त्रिशूली अस्पताल हिँडेको बुझिएको बताएका छन । बाँकी विषय अनुसन्धानकै क्रममा रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २४ श्रावण २०८०, बुधबार २१:४९