६ आश्विन २०८१, आईतवार | Sun Sep 22 2024

तेस्रो दिन पनि घट्याे सुनकाे मूल्य, कतिमा हुँदैछ काराेबार ?

२४ साउन, काठमाडाैं । लगातार तेस्रो दिन पनि नेपाली बजारमा सुनको मूल्य ओरालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १०० रुपैयाँले घटेर छापावाल सुन प्रतितोला १ लाख १२ हजार रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ४५० रुपैयाँ कायम भएको छ।

अघिल्लाे काराेबारकाे दिन मंगलबार सुनको मूल्य तोलामा ३०० रुपैयाँले घटेर छापावाल सुन प्रतितोला १ लाख १२ हजार १०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ५५० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले घटेर १ हजार ३९० रुपैयाँ कायम भएको छ। अघिल्लाे काराेबारकाे दिन मंगलबार चाँदीको मूल्य तोलामा २५ रुपैयाँले घटेर चाँदी १ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।

प्रकाशित मिति : २४ श्रावण २०८०, बुधबार १०:५८