५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

नेपाल टेलिकमको २० हजार थान रिचार्ज कार्ड हरायो

२४ साउन, काठमाडाैं । नेपाल टेलिकमको ५० रुपैयाँ दरका २० हजार थान रिचार्ज कार्ड हराएको छ। नेपाल टेलिकमको वायरलेस सेवा निर्देशनालयले आज एक सूचना जारी गर्दै कार्ड ढुवानीको क्रममा कार्ड हराएको जनाएको छ । काठमाडौंबाट भैरहवा पठाउने क्रममा नमस्ते ब्राण्डका रिचार्ज कार्ड हराएको नेपाल टेलिकमको वायरलेस सेवा निर्देशनालय बबरमहलले जनाएको छ ।

निर्देशनालयका अनुसार सिरियल नम्बर ११२२१२००१३७८०००१ देखि ११२२१२००१३८००००० सम्मका २० हजार थान रिचार्ज कार्ड हराएको हो। ती सिरियल नम्बर भएका रिचार्ज कार्ड खरिदबिक्री नगर्न पनि निर्देशनालयले अनुरोध गरेको छ । ती रिचार्ज कार्ड फेला पारेमा नजिकको दूरसञ्चार कार्यालयमा बुझाइदिन वितरक र ग्राहकलाई सूचनामा आग्रह गरिएको छ।

प्रकाशित मिति : २४ श्रावण २०८०, बुधबार १०:४७