६ आश्विन २०८१, आईतवार | Sun Sep 22 2024

मंगलबार घट्यो सुनको मूल्य, कतिमा हुँदैछ काराेबार ?

२३ साउन, काठमाडाैं । साताकाे तेस्राे काराेबारकाे दिन मंगलबार नेपाली बजारमा सुनकाे मूल्य घटेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य तोलामा ३०० रुपैयाँले घटेर छापावाल सुन प्रतितोला १ लाख १२ हजार १०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ६५० रुपैयाँ कायम भएको छ।

अघिल्लाे काराेबारकाे दिन साेमबार सुनको मूल्य तोलामा १०० रुपैयाँले घटेर छापावाल सुन प्रतितोला १ लाख १२ हजार ४०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ८५० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँले घटेर १ हजार ४०० रुपैयाँ कायम भएको छ। साेमबार चाँदीको मूल्य स्थिर रहँदै तोलाको १ हजार ४२५ रुपैयाँमा कारोबार भएको थियो।

प्रकाशित मिति : २३ श्रावण २०८०, मंगलवार ११:१६