३० चैत्र २०८२, सोमबार | Mon Apr 13 2026

सर्वसाधारणका लागि रिलायबल नेपाल लाइफको आईपीओ बिक्री खुला, प्रतिकित्ता मूल्य कति ?

२३ साउन, काठमाडाैं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले आज साउन २३ गतेबाट सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ। कम्पनीले जारी पुँजी ४ अर्ब रुपैयाँको ३० प्रतिशतका दरले हुन आउने १ अर्ब २० करोड रुपैयाँ बराबरको १ करोड २० लाख कित्ता सेयर निष्काशन गर्न लागेको हो। जसमध्ये १० प्रतिशत अर्थात १२ लाख कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्काशन गरि बाँडफाँड गरिसकेको छ।

५ प्रतिशत अर्थात ६ लाख कित्ता सेयर सामूहिक लगानी कोष र ५ प्रतिशत अर्थात ६ लाख कित्ता सेयर कम्पनीका कर्मचारीहरुका छुट्याइएको छ। बाँकी ९६ लाख कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन पाउने छन्।

कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा १५७ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २५७ रुपैयाँमा आईपीओ बिक्री खुला गर्नेछ। कम्पनीकाे आईपीओमा सर्वसाधारणले न्यूनतम १० कित्तादेखि अधिकतममा ५ हजार ४०० कित्तासम्म छिटोमा साउन २६ गते र ढिलोमा भदौ ५ गतेसम्म खरिद आवेदन दिन पाउनेछन्। कम्पनीकाे आईपीओ बिक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट आस्वा सदस्यता प्राप्त बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखाहरुबाट आवेदन दिन सक्नेछन्।

प्रकाशित मिति : 09:30