९ मंसिर २०८१, आईतवार | Sun Nov 24 2024

यो वर्ष यी तीन वाणिज्य बैंकका सेयरधनीकाे हात खाली

२१ साउन, काठमाडाैं । यो वर्ष तीन वटा वाणिज्य बैंकका सेयरधनीले लाभांश नपाउने भएका छन् । बैंकहरूले सार्वजनिक गरेकाे आर्थिक वर्ष २०७९/८० चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार यो वर्ष नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, प्रभु बैंक र प्राइम बैंकले सेयरधनीलाइ लाभांश दिन नसक्ने देखिएको हो ।

आइतबार बैंकहरूले सार्वजनिक गरेकाे वित्तीय विवरण अनुसार गत वर्षको नाफाबाट सबैभन्दा कम लाभांश दिने क्षमता नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको रहेको छ । यो बर्ष नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको लाभांश क्षमता ०.४६ प्रतिशत मात्रै रहेकाे छ।  त्यसैगरी, यो बर्ष प्रभु बैंकको लाभांश क्षमता ०.६४ प्रतिशत छ भने प्राइम बैंकको लाभांश क्षमता १.०६ प्रतिशत रहेको छ ।

प्रकाशित मिति : २१ श्रावण २०८०, आईतवार १६:५२