३० चैत्र २०८२, सोमबार | Mon Apr 13 2026

नेप्सेमा उच्च अंककाे गिरावट, दुई कम्पनीकाे सेयरमा सकारात्मक सर्किट

२१ साउन, काठमाडाैं । साताकाे पहिलाे काराेबारकाे दिन आइतबार सेयर बजारमा उच्च अंककाे गिरावट आएकाे छ ।  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज ३८.३७ अकंले घटेर २०५१.४७ बिन्दुमा बन्द भएकाे छ । आज दुई अर्ब ६८ करोड ७१ लाख बराबरको कारोबार भएको छ ।आइतबार १३ वटै उपसूचक राताम्य भएका छन् ।

आज बैंकिङ समूहको १.७० प्रतिशत, विकास बैंक समूहको २.५० प्रतिशत, फाइनान्स समूहको ३.४३ प्रतिशत र होटल तथा पर्यटन समूहको ३.५९ प्रतिशतले सेयर मूल्य घटेको छ।

आइतबार आईएमई लाइफ र नेपाल रिपब्लिक मिडियाको सेयरमा सकारात्मक सर्किट लागेको छ । आज प्रोग्रेसिभ फाइनान्स लिमिटेडका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । आज सानिमा बैंकको सर्वाधिक काराेबार भएकाे छ ।

प्रकाशित मिति : 15:31