८ आश्विन २०८१, मंगलवार | Tue Sep 24 2024

राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले लिए संन्यास

१९ साउन, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी मल्लले संन्यासको घोषणा गरेका हुन्।

मल्लले सन् २००५ देखि उमेर समूहको क्रिकेटबाट यात्रा सुरु गरेका थिए । लामो समय उपकप्तान रहेका ३२ वर्षिय मल्लले पारस खड्काको दशक लामो कप्तानी कार्यकालपछि २०७६ साल कात्तिकमा कप्तानको जिम्मेवारी पाएका थिए। तर उनलाई क्यानले २०७८ मंसिर २९ मा कप्तानबाट हटाएकाे थियाे ।

प्रकाशित मिति : १९ श्रावण २०८०, शुक्रबार १५:५५