कहिले हुन्छ सन नेपाल लाइफको आईपीओ बाँडफाँड ?
१९ साउन, काठमाडाैं । सन नेपाल लाइफ इन्स्योरेन्सकाे आईपीओ अर्काे साता भित्रै बाँडफाँड हुने भएकाे छ । कम्पनीले साउन १ गतेदेखि साउन १५ गतेसम्म वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेकाे आईपीओ अर्काे साता साेमबार भित्रै बाँडफाँड गर्ने तयारी रहेकाे बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गले जनाएकाे छ ।
कम्पनीलेप्रतिकित्ता १०० अंकित मूल्यमा १३९ रुपैयाँ थप गरी कुल २३९ रुपैयाँमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि ९ लाख ६० हजार कित्ता सेयर निष्काशन गरेको थियो ।
पछिल्लो तथ्यांक अनुसार कम्पनीको आईपीओ २८ हजार ७४१ जनाले आवेदक ४३ करोड ४३ लाख ७० हजार ५५० रुपैयाँ बराबरको १८ लाख १७ हजार ४५० कित्ताका लागि आवेदन परेको थियो । याे मागभन्दा १.८९ गुणा बढी हो ।
कम्पनीको आईपीओमा माग भन्दा बढी आवेदन परेको कारणले गाेलाप्रथाबाट बाँडफाँड हुने छ । गाेलाप्रथाबाट बाँडफाँड गर्दा सबै आवेदकले न्युनतम ३० कित्ताका दरले शेयर पाउनेछ देखिन्छ ।
प्रकाशित मिति : 14:26









