नेप्सेमा दुई कम्पनीकाे आईपीओ सूचीकृत, कुनकाे ओपनिङ्ग रेञ्ज कति ?
१८ साउन, काठमाडाैं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा दुई कम्पनीको आईपीओ सेयर सूचीकृत भएको छ । नेप्सेमा आज साउन १८ गते बिहिबार आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र नेपाल रिपब्लिक मिडिया लिमिटेडको आईपीओ सेयर सूचीकृत भएको हो ।
१) आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड
नेप्सेमा कम्पनीकाे अंकित मूल्य १०० रुपैयाँका दरले ४ करोड कित्ता सेयर सूचीकृत भएको छ । नेप्सेले पहिलो कारोबारको लागि कम्पनीलाई न्युनतम १७६.५३ देखि ५२९.५९ रुपैयाँ ओपनिङ्ग रेञ्ज प्रदान गरेको छ । नेप्सेले आइएमई लाइफलाई ‘आईएलआई’ कारोबार संकेत प्रदान गरेको छ।
२) नेपाल रिपब्लिक मिडिया लिमिटेड
नेप्सेमा कम्पनीकाे अंकित मूल्य १०० रुपैयाँका दरले ९६ लाख ७५ हजार कित्ता सेयर सूचीकृत भएको छ । नेप्सेले पहिलो कारोबारको लागि कम्पनीलाई न्युनतम ८४.४७ देखि २५३.४१ रुपैयाँ ओपनिङ्ग रेञ्ज प्रदान गरेको छ । नेप्सेले रिपब्लिक मिडियालाई ‘एनआरएम’ कारोबार संकेत प्रदान गरेको छ। सोही मूल्यकाे आधारमा आइतबारदेखि यी दुई कम्पनीकाे सेयर कारोबार खुल्नेछ ।
प्रकाशित मिति : 12:47









