१२ पुष २०८२, शनिबार | Sun Dec 28 2025

छुटाउनु भयाे कि ? नेसनल हाइड्रोपावरको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन

१८ साउन, काठमाडाैं । नेसनल हाइड्रोपावर कम्पनी लिमिटेडको हकप्रद सेयमा आवेदन दिने आज साउन १८ गते अन्तिम दिन रहेको छ। गत असार २९ गतेदेखि कम्पनीले सेयरधनीहरूका लागि बिक्री खुला गरेको हकप्रदमा आज बैंकिङ समयसम्म मात्रै आवेदन दिन सकिनेछ।

कम्पनीले चुक्तापुँजीको १०ः५ अनुपातमा अर्थात ५० प्रतिशत हकप्रद बिक्री खुला गरेको छ। जसअनुसार कम्पनीले १०० अंकित दरका कुल ८२ लाख २१ हजार ४५९.७१७८ कित्ता हकप्रद सेयर निष्कासन गरेको हो। हकप्रद निष्कासन प्रयोजनार्थ कम्पनीले गत असार १ गते बुक क्लोज गरिसकेको छ । यसको अर्थ जेठ ३२ गतेसम्म कायम सेयरधनीहरूले मात्रै हकप्रदमा आवेदन दिन पाउनेछन्।

कम्पनीको हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल मार्केट लिमिटेड रहेको छ। लगानीकर्ताले मुक्तिनाथ क्यापिटल र मुक्तिनाथ विकास बैंकका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्। यसका साथै नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट सि आस्वा प्रणालीमार्फत र सिडिएस एण्ड क्लियरिङ्गबाट निर्माण गरिएको सफ्टवेयर मेरो शेयर अनलाइन प्रयोग गरी आवेदन दिन सकिनेछ।

कम्पनीले यो हकप्रदबाट प्राप्त रकम ३ वटा जलविद्युत आयोजनामा लगानी गर्नेछ। जसअनुसार कम्पनीले लोआर इखुवा हाइड्रोपावर कम्पनी (१४.१५ मे.वा. क्षमताको तल्लो इखुवा जलविद्युत आयोजना)मा १२ करोड २७ लाख रुपैयाँ, तल्लो इन्द्रावती जलविद्युत आयोजना (४.५ मे.वा.)मा ५६ करोड १७ लाख रुपैयाँ र इन्द्रावती तेस्रो जलविद्युत आयोजना (७.५ मे.वा.)मा १३ करोड ७७ लाख रुपैयाँ लगानी गर्नेछ। हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ६४ करोड ४२ लाख ९१ हजार ९४३ रुपैयाँ ५५ पैसा रहेको छ। हकप्रद निष्काशन तथा बाँडफाँटपश्चात कम्पनीको चुक्ता पूँजी २ अर्ब ४६ करोड ६४ लाख ३७ हजार ९१५ रुपैयाँ ३३ पैसा पुग्नेछ।

प्रकाशित मिति : १८ श्रावण २०८०, बिहीबार ११:३६