१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

बिहीबार पनि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

१८ साउन, काठमाडाैं । साताकाे पाँचाैं काराेबारकाे दिन बिहीबार पनि नेपाली बजारमा सुनकाे मूल्य घटेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेर छापावाल सुन प्रतितोला १ लाख १२ हजार २०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ६५० रुपैयाँ कायम भएको छ।

अघिल्लाे काराेबारकाे दिन बुधबार पनि सुनको मूल्य तोलामा ६०० रुपैयाँले घटेर छापावाल सुन प्रतितोला १ लाख १२ हजार ४०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ८५० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य पनि तोलामा ३५ रुपैयाँले घटेर १ हजार ४२५ रुपैयाँ कायम भएको छ। बुधबार चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेर चाँदी १ हजार ४६० रुपैयाँमा किनबेच भएको थियो।

प्रकाशित मिति : १८ श्रावण २०८०, बिहीबार ११:०५