१४ आश्विन २०८१, सोमबार | Tue Oct 1 2024

अधिवक्ता भगवती पाण्डे पक्राउ

१७ साउन, काठमाडाैं । अधिवक्ता भगवती पाण्डे पक्राउ परेकी छन्। बुधबार बिहान जिल्ला प्रहरी परिसर काठमाडौंले उनलाई पक्राउ गरेको हाे । उनको बयान भइरहेको प्रहरीले जनाएको छ।

अधिवक्ता पाण्डले केही दिनअघि एक टेलिभिजन अन्तर्वार्ताका क्रममा मुस्लिम, मगर, तामाङ लगायत समुदायमा दाजुबहिनीबीच विवाह हुने विवादास्पद अभिव्यक्ति दिएकी थिइन्।

सोही अभिव्यक्तिलाई लिएर तामाङ र मगर समुदायका व्यक्तिहरूले दिएको उजुरीका आधारमा पाण्डेविरूद्ध जातीय भेदभावको कसुरमा पक्राउ पुर्जी जारी भएकाे थियाे ।

प्रकाशित मिति : १७ श्रावण २०८०, बुधबार १६:२०