नेप्सेमा झिनाे अंकको सुधार, कारोबार रकम भने बढेन
१७ साउन, काठमाडाैं । साताकाे चाैंथाे काराेबारकाे दिन बुधबार सेयर बजारमा झिनाे अंकको सुधार आएकाे छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ९.२५ अकंले बढेर २०८६.८४ बिन्दुमा बन्द भएको छ । आज एक अर्ब ८१ करोड २४ लाख बराबरको कारोबार भएको छ ।
जलविद्युत् समूह पाँच दशमलव ६८, लघुवित्त ११ दशमलव ०७ र व्यापार समूह एक दशमलव ७८ अङ्कले घटेको छ भने बाँकी सबै समूहको उपसूचक बढेको छ ।
सबैभन्दा धेरै होटल तथा पर्यटन समूह ७८ दशमलव ०८ र निर्जीवन बीमा समूह ६५ दशमलव ४४ अङ्कले बढेको छ । आज बैंकिङ समूह १० दशमलव ५१, विकास बैंक ३९ दशमलव ३३, वित्त ३० दशमलव ६२ र लगानी समूह शून्य दशमलव ०१ अङ्कले बढेको छ ।
त्यस्तै, जीवन बीमा ४२ दशमलव ८१, उत्पादन तथा प्रशोधन १७ दशमलव ८४, म्युचुअल फन्ड शून्य दशमलव ०१ र अन्य समूह चार दशमलव ६६ अङ्कले बढेको छ । आरबीबी म्युचुअल फन्ड–१ को शेयर मूल्य सबैभन्दा धेरै चार दशमलव १४ प्रतिशतले बढेको हो ।
आज सबैभन्दा बढी प्रभु स्मार्ट फण्डका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यस दिन शिवम् सिमेन्ट्सको सर्वाधिक कारोबार भएको छ । कम्पनीको यस दिन ११ करोड १५ लाख ७० हजार रुपैया बराबरको कारोबार भएको छ ।
प्रकाशित मिति : १७ श्रावण २०८०, बुधबार १५:१९












