६ आश्विन २०८१, आईतवार | Sun Sep 22 2024

घट्यो सुनको मूल्य, आज कतिमा हुँदैछ काराेबार ?

१७ साउन, काठमाडाैं । साताकाे चाैंथाे काराेबारकाे दिन बुधबार नेपाली बजारमा सुनको मूल्य ओरालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ६०० रुपैयाँले घटेर छापावाल सुन प्रतितोला १ लाख १२ हजार ४०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ८५० रुपैयाँ कायम भएको छ।

अघिल्लाे काराेबारकाे दिन मंगलबार सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढेर छापावाल सुन प्रतितोला १ लाख १३ हजार रुपैयाँ र तेजाबी सुन १ लाख १२ हजार ४५० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले घटेर १ हजार ४६० रुपैयाँ कायम भएको छ। मंगलबार चाँदीको मूल्य तोलामा २५ रुपैयाँले बढेर चाँदी १ हजार ४७५ रुपैयाँमा किनबेच भएको थियो।

प्रकाशित मिति : १७ श्रावण २०८०, बुधबार १०:५८